क्रिकेटर सन्दीपको सुनुवाई भएन, विश्वकप खेल्ने सम्भावना लगभग समाप्त

<span class='c1'>क्रिकेटर सन्दीपको सुनुवाई भएन, विश्वकप</span> <span class='c2'>खेल्ने सम्भावना लगभग समाप्त</span>

काठमाडौं । फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन ।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो । यसअघि वैशाख १० गते पनि तोकिएको पेसी हेर्न नभ्याइनेमा चढेको थियो ।

जिल्ला अदालत काठमाडौंले ‘गौशाला २६ ले दायर गरेको मुद्दामा दोषी ठहर भएपछि सन्दी फैसला पुनरावलोकनका लागि उच्च अदालत पुगेका हुन् । सन्दीपको अब अर्को सुनुवाइ एक सातापछि हुने छ । जसका कारण उच्चबाट सफाइ पाए पनि उनले टी २० विश्वकप खेल्ने सम्भावना निकै न्यून देखिएको छ । जुनमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटका लागि सवै टिमले मे १ तारिखसम्म स्क्वाड आइसीसीमा बुझाउनु पर्ने समयसीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्