चारपाङ्ग्रे विद्युतीय गाडी उत्पादनका लागि कोशी एनके मोटर्स र चीनको स्यामन गोल्डेन कम्पनीबीच सम्झौता

<span class='c1'>चारपाङ्ग्रे विद्युतीय गाडी उत्पादनका लागि कोशी एनके</span> <span class='c2'>मोटर्स र चीनको स्यामन गोल्डेन कम्पनीबीच सम्झौता</span>

विराटनगर । नेपालमै बिद्युतीय चारपाङ्ग्रे सवारी साधन उत्पादनका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिडेट र कोशी एनके मोटर्स प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा त्यसको उत्पादनका लागि दुई देशका कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

चीनको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सोमबार सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ । सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा कोशी एनकेका एमडी टीआर ढकालको समेत उपस्थिति थियो ।

सम्झौता भएसँगै अब नेपालमा नै चाईनिज तथा कोरियन प्रविधिमा आधारीत चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने सुनिश्चित भएको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आउन लागेको यो कम्पनी मोरङको बुढीगंगा गाउँपालिकामा १५ विघा क्षेत्रफलमा संचालन हुनेछ ।

कम्पनीमा सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष टिकाराम पुरीले जानकारी दिएका छन् । उनका अनुसार एकवर्ष भित्र सबै किसिमका चार पाङ्ग्रे सवारीसाधन उत्पादन कम्पनीले गर्नेछ । कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० गाडी उत्पादन गर्नेछ । विश्वबजारमा स्थापित रहेको स्यामन गोल्डन ड्रगन अटोबडी कम्पनीले चारपाङ्ग्रे सवारी र त्यसका पार्टसहरुको उत्पादन गर्दै आएको छ ।

उच्च गुणस्तरीय र नविन उत्पादनमा ख्यातिप्राप्त उक्त कम्पनीले बस, कोच, र व्यावसायिक सवारीसाधनहरु सहित विभिन्न प्रकारका सवारी साधनका पार्टस्हरु उत्पादन गर्ने गरेको छ । अध्यक्ष पुरीले उक्त कम्पनीसँगको सहकार्यले नेपालमै गुणस्तरीय र नविन विद्युतीय सवारीसाधन उत्पादन र बजारीकरण गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्