‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनीको निधन

<span class='c1'>‘माइतीघर’ फिल्मका अभिनेता</span> <span class='c2'>सीपी लोहनीको निधन</span>

विराटनगर । फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरम प्रसाद लोहनी)को ८६ वर्षको उमेरमा निधन भएको छ ।

अल्माइजर पीडित उनको आज दिउँसो १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाए ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेत्री माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुको एक छोरी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्