इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।

नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित भएका थिए ।

सुहाङसंगै चुनावी मैदानमा रहेका भएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात ११ हजार ४५७ मत पाएका छन् । यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् ।

सुहाङका बुबा सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्