गैरसंवैधानिक अभ्यास नगर्न कोशीका प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको आग्रह

गैरसंवैधानिक अभ्यास नगर्न कोशीका प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई गैरसंवैधानिक अभ्यासको थिती नबसाल्न आग्रह गरेका छन् । तीन पृष्ठ लामो पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई मंगलबार बुझाउँदै मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनालाई ख्याल गर्न भनेका हुन् ।

राष्ट्रपतिलाई समेत अवगत गराउँदै प्रदेश प्रमुख समक्ष पेश गरेको लिखित पत्रमा प्रदेश सभाबाट पारित भएको संकल्प प्रस्ताव गैरसंवैधानिक भएको जिकिर गरिएको छ । संविधानको धारा १६८ प्रयोग गरी सरकार निमार्ण गर्नु भन्ने आदेशात्मक अभिप्रायले संकल्प प्रस्ताव ल्याएको प्रदेश प्रमुख गम्भीर हुनुपर्ने औल्याएका छन् । ‘प्रदेश प्रमुखले अझ गम्भीर भई संविधानको मर्म एवं भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने अवस्था रहेको व्यहोरा नेपालको संविधानको धारा १७३ बमोजिम जानकारी गराउँदछु ।’ मुख्यमन्त्री कार्कीले बुझाएको पत्रमा उल्लेख छ ।

संविधानको धारा १६८(५) अनुसार २७ असोज २०८० मा कार्की मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना दिए । प्रदेश सभाको विशेष अधिवेशनमार्फत २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका छन् । नभए वैकल्पिक सरकार गठनका लागि प्रदेश सभा समक्ष रहेको भन्दै २५ वैशाखपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रमुखलाई सन्देश समेत प्रवाह गर्न प्रदेश सभा सचिवालयलाई भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्