विराटनगरमा बढ्दो गर्मी, सामुदायिक विद्यालयमा पाँचसय पंखा वितरण गर्दै महानगर

विराटनगरमा बढ्दो गर्मी, सामुदायिक विद्यालयमा पाँचसय पंखा वितरण गर्दै महानगर

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले गर्मी बढ्दै गएपछि सामुदायिक विद्यालयमा एकै पटक पाँचसय पंखा वितरण गर्ने तयारी गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई गर्मीले उकुसमुकुस बनाईरहेको बेला महानगरपालिकाले भने खरिद प्रक्रियाको थालनी गरेको हो । स्थानीय सरकारले गतवर्षको पीडा बुझेर बजेट व्यवस्थापन गरेपछि सामुदायिक विद्यालयमा फागुन महिनामै पंखा लगाउन पहल लिएको भए बैशाखको गर्मी विद्यार्थीले सहनु पर्ने थिएन ।

महानगरपालिकाले २० लाख रुपैँया बराबरको पंखा खरिद प्रक्रिया बढाएको शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार आपूर्तीकर्ताले शर्तअनुसार पंखा दिईसक्नुपर्ने थियो । तर, पहिलो पटक ल्याएका पंखा कमसल देखिएपछि फिर्ता गरिएको छ । जसका कारण पंखा विद्यालयमा पुग्न समय बढेको हो ।

विराटनगर महानगरपालिकामा पंखा आपूर्तिका लागि मोरङ सुन्दर हरैंचाको मनोकामना अटो मोवाइल्सले कबोल गरेको छ । यसले पाँचसय पंखा २० लाखमा उपलब्ध गराउने भनेपनि पहिलो लटमा पठाएका सामाग्री कमसल रहेको हो । प्रतिपंखा चार हजार मूल्य पर्ने गरि बजेटको व्यवस्थापन भएको छ । तर, आपूर्तिकर्ताले त्यतिको पैसा हुँदा पनि कमसल सामाग्री पेस गरेर फिर्ता पठाइएको छ । महानगरले गुणस्तरीय पंखा भए मात्रै लिने बताएपछि तत्काल रोकिएको हो ।

विराटनगरमा दैनिक ४० देखि ४१ डिग्री तापक्रममा विद्यार्थी विद्यालय जान बाध्यछन् । तत्काल पंखा पनि जडान भईहाल्ने स्थिति देखिदैन । सिलिङ्ग पंखाबाट समेत तातो हावा आउछ । यसरी विद्यार्थीको पठनपाठनमा मात्रै नभएर उनीहरुको स्वास्थ्यमा समेत असर पर्न सक्छ । महानगरपालिका शिक्षा शाखा प्रमुखले नयाँ शैक्षिक सत्र सुरु भएकोले बेला अभिभावकले गर्मी विदा मागिनरहेको बताए । उनले अभिभावकले आग्रह गरे या गुनासो आएमा विद्यालय बन्द गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्