विराटनगरको हिमालय रोडमा बैशाख २९ गते खुल्ला ‘डेड लिफ्ट’ प्रतियोगिता हुने

विराटनगरको हिमालय रोडमा बैशाख २९ गते खुल्ला ‘डेड लिफ्ट’ प्रतियोगिता हुने

विराटनगर । विराटनरमा पहिलो पटक खुल्ला ‘डेड लिफ्ट’ प्रतियोगिता आयोजना हुने भएको छ । जीम एण्ड फिटनेसमा समेटिने विधामध्ये तौललाई उचाल्ने ‘डेड लिफ्ट’ प्रतियोगिता खुल्ला स्थानमा आयोजना गरिने भएको हो ।

आगामी बैशाख २९ गते विराटनगरको हिमालय रोडमा बिहान ८ बजेदेखि कार्यक्रम सुरुवात हुनेछ । महेन्द्रचौकस्थित पुरानो नेपाल बजारको बिल्डिङमा सञ्चालित द जीम र विराटनगर–३ को फ्रिस्टायल फिटनेस एण्ड जीमको संयुक्त आयोजनामा कार्यक्रम हुने जानकारी दिइएको छ ।
द जीम महेन्द्रचौकका सञ्चालक सरोज खड्काका अनुसार खुल्ला प्रतियोगितामा १५० खेलाडी सहभागि हुने अनुमान गरिएको छ । उनका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीहरु कार्यक्रममा सहभागि हुनेछन् । यसमा राष्ट्रिय प्रशिक्षकहरु सहभागि गराईने छ ।

हामीलाई आसा छ, यो पहिलो कार्यक्रम खुल्लास्थानमा हुने भएकोले अवलोकनका लागि तीनदेखि चार हजारको उपस्थिति हुनेछ, खड्काले भने–यसले मोरङमा एथलेटिहरुलाई पहिचान गर्नेछ । उनले जीममा भित्र हुने गतिविधि सार्वजानिक रुपमा आम नागरिकलाई बुझाउन समेत यस्तो प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको हो ।

जीम एण्ड फिटनेसले शारिरीक बनौट निर्माण गर्ने मात्रै नभई मानसिक स्वास्थ्य, शारिरीक स्वास्थ्यसँगै सामाजिक र अनुशासित व्यक्तित्व निर्माणमा यसको योगदान छ भन्ने देखाउने लक्ष्य छ । जसले दर्बिलो, गर्भिलो स्वास्थ्य जीवन बिताउन सहयोग पुग्दछ भन्ने जानकारी आम रुपमा दिनेछ । यसैगरी जीम सेन्टरहरुले आफ्नो व्यापार मात्रै गर्दछन् की भन्ने भ्रमबाट मुक्त बनाएर यसको सामाजिक दायित्व समेत दर्शाउने आसा राखिएको हो ।

खड्काका अनुसार सबैभन्दा बढी भार उचाल्ने महिला÷पुरुष तर्फ तीन÷तीन जना उत्कृष्टलाई उचित प्रोत्साहन पुरस्कार समेत वितरण गरिने छ । नगद २० हजार १० हजार ५ हजार पुरस्कार प्रथम, द्धितिय र तृतियले पाउने छन् । कार्यक्रम सम्पन्न गर्नका लागि पाँचलाख नगद खर्च लाग्ने अनुमान गरिएको छ । खड्काले यो कार्यक्रमलाई प्रोत्साहन गर्नका लागि स्थानीय सरकार विराटनगर महानगरपालिकासँग समेत सहयोगको अपेक्षा राखिएको जानकारी दिएका छन् । हामी यो कार्यक्रमलाई मोरङ जिल्लामा पहिलो पटक आयोजना गर्दैछौं, यसको समापन भव्यतापूर्वक गर्न चाहन्छौं, द जीमका सञ्चालक खड्काले भने–बन्द कोठामा हुने जीम सेन्टरको काम आम नागरिक माझ चिनाउनु पनि हाम्रो उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्