लगानी सम्मेलनमा समावेश धरान–लेउती सुरुङ्ग मार्ग, कोशीमा बन्ला चार किलोमिटर दुरीको योजना

लगानी सम्मेलनमा समावेश धरान–लेउती सुरुङ्ग मार्ग, कोशीमा बन्ला चार किलोमिटर दुरीको योजना

विराटनगर । सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग योजना लगानी सम्मेलनमा प्रस्तुत भएको छ । नेपाल लगानी बोर्डले धरान–लेउती सुरुङ मार्गलाई समेत निर्माण प्राथमिकतामा राखेर लगानी सम्मेलनमा प्रस्तुत गरेको हो ।

यसको निर्माण सम्भाव्यता अध्ययन भइसकेको छ । जोगवनी किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले यो सुरुङ्ग मार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ ।
परामर्शदाता कम्पनी टिएमएस इआइमेभिन रेज जेभिले प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन गरेको थियो । प्रदेश सरकारको महत्वकांक्षी योजनामा रहेको धरान–लेउती सुरुङ मार्ग संघीय सरकारको योजनामा समेटिने भएको छ ।

प्राविधिकहरुका अनुसार यो सुरुङ मार्ग निर्माण भएमा नेपालकै ठूलो तथा लामो हुनेछ। यसको दुरी चार किलोटिमर छ । अहिलेसम्म नागढुंगा सुरुङ मार्ग करिब अढाई किलोमिटर मात्र लामो छ। यो सुरुङ मार्ग निर्माण भएमा सवा १ घण्टाभन्दा बढी समय लाग्ने बाटो छोट्टिएर ५ देखि १० मिनेटमा सीमित हुने अनुमान गरिएको छ । योजना निर्माणमा झण्डै १२ अर्ब लागत अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्