अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम तथा रोजगार कार्यालयको र्‍याली

<span class='c1'>अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम</span> <span class='c2'>तथा रोजगार कार्यालयको र्‍याली</span>

विराटनगर । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएका छन् ।

विराटनगरमा पनि श्रम तथा रोजगार कार्यालयले र्‍याली निकालेका छ । मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरुले र्‍याली निकालेका हुन् । श्रमको सम्मान गरौँ, मजदुर एकता जिन्दावाद , श्रमिक दिवस सफल पारौँ लगायतका नारा लगाएका छन् ।

श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवम् श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसकै सन्दर्भमा बुधबार नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ । यो वर्षका लागि ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नारा तय गरिएको छ ।

सन् १८८६ मा मजदुर आन्दोलन चर्किदै गर्दा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम बिस्फोट भयो । सो बम विष्फोट कसले गराएको भन्न नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ । विश्वभर मजदुरहरुले यो दिवसलाई विशेष पर्वकारुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकुल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चिताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।
नेपालमा भने विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ पछि यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । दिवसका सन्दर्भमा विभिन्न मजदुर संघ संगठनहरूले कार्यक्रम गरी मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्