विराटनगर। चालू आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ५६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा सार्वजनिक गर्दै नेपालीहरूको चालू आर्थिक वर्षको वार्षिक आम्दानी अनुमान गरेको हो ।
गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको छ ।पर्यटन आवागनमा देखिएको सकारात्मक प्रभाव लगायका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।