बरालको ‘चेतनाको विराट यात्रा’ निबन्ध संग्रहको लोकार्पण

<span class='c1'>बरालको ‘चेतनाको विराट यात्रा’</span> <span class='c2'>निबन्ध संग्रहको लोकार्पण</span>

विराटनगर । साहित्यकार हरिप्रसाद बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहको लोकार्पण गरिएको छ ।

विराट साहित्य संगमले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्रमोद प्रधान, प्रा.डा. टंकप्रसाद न्यौपाने, विवश पोखरेल, खेम नेपाली, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेलगायतले संग्रहको लोकार्पण गर्नुभयो । ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहका बारेमा साहित्यकार हरि कट्टेल र निर्मला कोइरालाले समीक्षा गर्नुभएको थियो । उहाँहरुले विमोचित कृति पठनीय भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अग्रज साहित्यकार प्रमोद प्रधानले नेपाली साहित्यमा निबन्ध विधाको छुट्टै महत्व र इतिहास रहेको चर्चा गर्नुभयो । उहाँले बरालको निबन्धसंग्रह सरल भाषाशैली लेखिएको कृति भएकाले एकपटक अध्ययन गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

त्यस्तै लेखक हरिप्रसाद बरालले ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रह लेख्दाका अनुभव सुनाउनुभयो । सो अवसरमा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार प्राडा टंकप्रसाद न्यौपाने, राष्ट्रियसभाका पूर्व सदस्यसमेत रहनुभएका साहित्यकार खेम नेपाली, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, सपना यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्