विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको छ।
विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटले प्रायोजनमा संचानल हुदै आएको उक्त प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको हो।
प्रतियोगितामा जनता मावि इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् ।
विजेता विद्यालयलाई प्रमुख अतिथिसमेत रहनुभएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, काबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काबरा, श्याम काबरा, प्रतियोगिता सञ्चालक (क्वीज मास्टर) डा. सन्देशदास श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष गौरव कणर्लगायतले विजेता स्कुललाई क्रमशः ११, ७ र ५ हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको फाइनलमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक श्रीयम सुवेदीले जानकारी दिनुभयो ।