ट्राफिक सचेतनामा राजेश हमाल

<span class='c1'>ट्राफिक सचेतनामा</span> <span class='c2'>राजेश हमाल</span>

काठमाडौं । अभिनेता राजेश हमालले ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’भन्ने एउटा भिडियो अहिले निकै चर्चामा छ । साँच्चिकै हमालले भने जस्तै विदेशमा आर्जन गरेको ज्ञान र सीप स्वदेशमा प्रयोग गर्नसके सुनमा सुगन्ध हुने थियो ।

खासमा भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा हमालले बोलेको डाइलगले निकै चर्चा पनि बटुलेको छ । क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटो कन्सल्ट्यान्सीको ब्रान्ड एम्बसेडर बनेसँगै महानायक हमालले पहिलो काम जेब्रा क्रसमा पेलेर सवारी चलाउनेहरुलाई सावधानी अपनाउन भन्दै जनचेतना फैलाउने उद्देश्य स्वरुप भिडियोमा अभिनय गरेको गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले बताए । अभिनेता हमाल स्वयं पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक बौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने कँडेल बताउँछन् ।

भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा उत्साहित हुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको दृश्य भिडियोमा देख्न सकिन्छ । एक मिनेट लामो भिडियोमा हमालले विदेशमा गएर आर्जन गरेको सीप र त्यहाँ सिकेका जानकारीमुलक कुराहरु आफ्नै देशमा फर्किएर परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । चर्चित म्यूजिक भिडियो निर्देशक देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियो एक मिनेट लामो रहेको छ । जसमा हमालसँगै मोडल सिम्रन पन्तको अभिनय देख्न सकिन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आँफु विश्वस्त रहेको निर्देशक पाण्डेले हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेका छन्। जुन भिडियो यो समाचार तयार पार्दासम्म साडे पाँचलाख दर्शकले हेरिसकेका छन् ।

जसबाट निकै नै सकारात्मक प्रतिक्रिया आएको गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मीले बताए । अर्का एड्भाइजर राम खड्काका अनुसार क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेला बेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरूलाई निरन्तरता दिनेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत तयार गरिएको भिडियो ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन्। महानायक हमालले एक वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्