विराटनगर । मुख्यमन्त्री केदार कार्कीलाई बिशेषाधिकार हननमा कार्वाही गर्न सक्ने सत्तारुढ दलले चेतावनी दिएका छन् । एमाले र माओवादी संसदीय दलले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन ।
प्रदेशसभाको संकल्प प्रस्ताव असंबैधानिक भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेकोमा एमाले र माओवादी संसदीय दलले आपत्ति समेत जनाएका छन् । सार्वभौम संसदले दिएको निर्देशन असंबैधानिक करार गर्दै प्रदेश प्रमुखलाई लेखेको पत्रले संसदको बिशेसाधिकार हनन गरेको आरोप लगाएका हुन् ।
गरेको निर्णय चित्त नबुझे न्यायिक निरुपण गर्ने बाटो खुल्ला रहेको र सर्वोच्च अदालतको बाटो खुल्ला रहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भन्डारीलेब बताए ।
उनले भने ुतर, प्रदेशसभाको निर्णय मान्दिन भनेर सरकारले भन्दै हिड्नु भएको छ । उहाँले संसदको अवहेलना गर्दै हिड्नु भएको छ ।ु
संसदको अवहेलनाको कार्वाही गर्न तपाईहरु तयार हो रुु भन्ने प्रश्नमा कार्वाही हुन सक्ने भण्डारीले गरे ।
उनले भनेूउहाँले सदनले गरेको निर्णय नमान्ने भन्दै हिड्नु भएको छ । आब आउने सदन जतिबेला खुल्छ त्यतिबेला सदन नै न्यायलय बनेर विशेशाधिकार हननमा कार्वाही हुनसक्छ ।ु