पूर्वराजा ज्ञानेन्द्र र कोमलले मनाए वैवाहिक वर्षगाँठ

<span class='c1'>पूर्वराजा ज्ञानेन्द्र र कोमलले</span> <span class='c2'>मनाए वैवाहिक वर्षगाँठ</span>

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र र कोमल शाहले विवाहको ५५ औँ वर्षगाँठ मनाएका छन् । विहीबार केही शुभेच्छुक र आफन्तहरुसँग उनीहरुले बर्षगाँठ मनाएका हुन् ।

ज्ञानेन्द्र र कोमलबिच २०२७ साल वैशाख १९ गते विवाह भएको थियो । वर्षगाँठको अवसरमा पूर्वराजा पतिपत्नीले एकआपसमा केक खुवाएर खुशी साटासाट गरे । नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको विवाह भएको हो । केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्य राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको विवाह भएको थियो ।

ज्ञानेन्द्रको विवाहको केही समयपछि उनका भाइ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग विवाह गरेका थिए । प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्