स्वतन्त्र प्रेसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउँछः राष्ट्रपति पौडेल

<span class='c1'>स्वतन्त्र प्रेसले शासन प्रणालीलाई पारदर्शी</span> <span class='c2'>र उत्तरदायी बनाउँछः राष्ट्रपति पौडेल</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताएका छन् ।

उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका हुन् ।

“स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो ।”आज विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४ को शुभकामना दिँदै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । निरङ्कुश शासनको अन्त्य गरीलोकतन्त्रका लागि भएका आन्दोलनहरूमा प्रेसले धेरै ठूलो योगदानगरेको स्मरण गर्दै राष्ट्रपति पौडेललेप्रेसलाई सबल बनाउन आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी हो भन्ने मलाई लाग्दछ । नेपाली प्रेसको यही महत्त्वपूणर् भूमिकाका कारण हाम्रो संविधानले पूणर् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी सन्देशमा भनिएको छ ।
बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले समाचारमाथि नागरिकको सहज पहुँच स्थापित हुने भन्दै पौडेलले पत्रकारिताले सञ्चार माध्यमबाट सबै वर्ग समुदायको आवाज मुखरित हुने विश्वास व्यक्त गरे ।

उनलेसमाजमा सही सूचना संप्रेषण नहुँदा अफवाहहरू फैलन सक्ने र त्यसले आम नागरिकहरूलाई दिग्भ्रमित गर्ने भन्दैसत्य परक र तथ्पूणर् सूचना संपे्रषण गर्नुपर्नेमा जोड दिएका छन् । बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको बताएका उनले स्वतन्त्र पत्रकारितामार्फत सत्य स्थापित गर्न पत्रकारहरुले मिहेनत गर्नुपर्ने धारणा राखेका छन् ।
राष्ट्रपति पौडेलले भनेका छन्, ‘स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मिहिनेत गर्नुपर्दछ भन्ने पनि म ठान्दछु ।’
युनेस्कोले तय गरेको ‘पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटको युगमा पत्रकारिता’ भन्ने नाराले समेत वातावरणीय सङ्कट निवारणमा प्रेसको भूमिका अपेक्षा गरेको राष्ट्रपतिले जनाएका छन् । ‘जलवायु परिवर्तनले पारेको असरको समीक्षा गर्दै नागरिकलाई सो बारे सचेत गरेर यो संकट निवारणमा सबैको भूमिकाको खोजी गर्न यो नाराले प्रेरित गर्ने विस्वास मेरो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्