चार संसदीय समिति बैठक आज, विपद् जोखिम न्युनिकरणको लागि भावी कार्ययोजना बारे छलफल गरिने

<span class='c1'>चार संसदीय समिति बैठक आज, विपद् जोखिम</span> <span class='c2'>न्युनिकरणको लागि भावी कार्ययोजना बारे छलफल गरिने</span>

काठमाडौं । संघीय संसदका दुवै सभाका चार वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि समितिले बोलाएको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि दिउँसो १ बजे बस्ने गरी राखिएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारवाही, विपद् जोखिम न्युनिकरणको लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ।

दिउँसो १ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१÷०८२ का सम्बन्धमा पूर्वबजेटबारे छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, प्रतिनिधि सभाको बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी विद्यमान कानून, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाबारे छलफल हुनेछ ।
दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने समितिबाट हुने अनुगमनका सम्बन्धमा समितिले छलफल गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्