सुजता लिम्बू
विराटनगर । कवि एवम् लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र मनसरा विराटनगरमा प्रिमियर गरिएको छ ।
बिहीबार विराटनगरस्थित भाटभाटेनीमा रहको क्युएफएक्समा गरिएको प्रिमियरमा चलचित्र निर्माणको टिमसहित लेखक, कवि, उद्योगी व्यवसायीहरुको सहभागीता रहको थियो । फिल्म 'जारी'पछिको उत्कृष्ट कथा रहको भन्दै प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । मिश्रित समाजलाई समेट्न खोजिएको यो चलचित्रले समाज बुझ्न थप प्रेरणा मिलेको समते प्रतिक्रिया दिएका छन् ।
चलचित्र मार्फत नेपालको कला संस्कृति लिम्बू परम्परालाई नजिकबाट जान्ने बुझ्ने अवसर मिलेको कान्तिपुर टेलिभिजनका व्युरो चिफ महाप्रसाद खतिवडा बताउछन् । अर्को संचारकर्मी सुदिप कोइराले पनि चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए । पूर्व राष्ट्रियसभा सदस्य एवम् साहित्यकार खेम नेपालीले मनसरा समाजलाई बुनेको कथा रहको बताए ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानरिक्षक चन्द्रकुबेर खापुङले चलचित्रमा खोट लगाउने कुनै ठाँउ नभएको प्रतिक्रिया दिए । भावना, शन्देस मिश्रित रहको उनको भनाई थियो । जारीले जसरी मन छोएको त्यसरी नै दोश्रो पटक मनसराको अर्गानिक कथाले मन छोएको आनलाइन खबरका पत्रकार हरी अधिकारी बताउछन् ।
कवि शिवनारायण पणिडत सिंगलले प्रेम सम्बन्धलाई दर्शाउन खोजिएको र फिल्ममार्फत दिन खोजिएको संदेश धेरै राम्रो रहेको प्रतिक्रिया दिए ।
यता, कवि सिमा आभासले चलचित्रको स्क्रिप्ट शसक्त रहेको प्रतिक्रिया दिइन् । उनले चलचित्र लेखकलाई सुझाव समेत दिएकी छिन् । मुटु रोगी भएको बालकको कथालाई थोरै ‘भेरिफाइ’ नगरेको जस्तो महसुस भएको उनले बताइन् । ‘नेपाली लेखकहरुको तथ्य भेरिफाइ नगर्ने चलन छ, मुटु रोगीको उपचार नेपालमा निशुल्क हुन्छ, तर यसमा उपचारको लागि भनेर पैसा दिएको छ,‘ उनले भनिन्, यो कथा बस्तु अहिलेको भएकाले यसलाई भेरीफाइ गर्नु जरुरी छ ।’
चलचित्र मनसरामा दयाहाङ राई, मिरूना मगर, प्रविण खतिवडा, मेनुका प्रधान लगायत कलाकारहरूको अभिनय रहेको छ । भने, छायांकारसमेत रहेका शैलेन्द्र ध्वज कार्की फिल्मका निर्माता हुन्। झुामा लिम्बूको संगीतमा रहेको यो चलचित्र मिश्रित समाजको कथालाई समेटिएको छ ।
यो फिल्म शुक्रबार अर्थात आजदेखि देशैभरको हलमा प्रदर्शनीमा आएको छ ।