झापाको दमकमा गोली चल्दा एकजना विद्यार्थी घाइते

झापाको दमकमा गोली चल्दा एकजना विद्यार्थी घाइते

झापा । झापाको दमकमा एक छात्रामाथि गोलीप्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।

दमकस्थितहिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोलीप्रहार भएको हो। उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन् । उनको हाल अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । गोलीप्रहार गर्ने सिराहाका अमितकुमार यादबलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यता गोली प्रहार भएको विषयमा घटना बुझ्नप्रहरी टोली अस्पताल पुगेको जिल्लाप्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरी घटना बुझ्दैछु एसपी केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्