गर्मीमा छाला कसरी जोगाउने ?

गर्मीमा छाला कसरी जोगाउने ?

विराटनगर । गर्मी बढेसँगै छालामा विभिन्न समस्या देखिन्छ । त्यसमा पनि व्यस्त जीवनशैली गर्मीले झनै तनाव थकान गराइरहेकै हुन्छ । यो मौसममा हावाहुरी चल्ने हुँदा सिधै अनुहारमा फर्ने हुन्छ यसले गर्दा छालामा सुख्खा हुन्छ । गर्मीको समयमा चर्को घाम र धुलोले अन्य भागको छालामा एलर्जी समत हुन सक्छ ।

यस्तो एलर्जीले निकै हानिकारक हुने हुँदा यसबाट बच्न जरुरी रहेको सौन्दर्यकर्मी अमिता पोखरेल बताउँछिन् ।

उनको अनुसार गर्मीबाट छालालाई जोगाउने तरिका यस्तो छ ।

१. छालाको प्रकार अनुसार क्लिन्जिङ गर्ने
२. बिहान बेलुका अनुहारमा धुलो जम्ने हुँदा सफा राख्न क्लिन्जिङ गर्ने
३.फेस मस्चराइजर छाला अनुसार प्रयोग गर्ने यसले छालालाई मुलायम बनाउछ ।
४.सन्सक्रिम छालाको प्रकार हेरेर प्रयोग गर्ने, यसले घामको विकिरणलाई छालाको भित्रसम्म पुग्नबाट सुरक्षा प्रदान गर्दछ ।
५. बेलुका सुत्ने समयमा नाइट क्रिम अनुहारमा लगाउने जसले गर्दा केही राहत महसुस हन्छ ।
६. पानी , फलफुल प्रसस्त सेवन गर्ने
७. सन्तुलित भोजन ग्रहण गर्ने
८. बिहानको समय नियमित व्यायाम गर्ने
९. समयमा सुत्ने
१०. मोबाइलको प्रयोग कम गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्