विराटनगरका हरिमोहनले गरे १०० औं पटक रक्तदान

विराटनगरका हरिमोहनले गरे १०० औं पटक रक्तदान

विराटनगर । विराटनगर ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १०० औं पटक रक्तदान गरेका छन् ।

गोल्डेन अस्पतालमा उपचारत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिबार (२०८१ बैशाख २२ गते) रक्तदान गरेका हुन् । रायलाई चाहिने रगत 'ए' पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामी ज्वाई रविन्द्रराय बताए ।

यसभन्दा अगाडि श्रेष्ठले गतसाको माघ ९ गते ९९ औं पटक रक्तदान गरेका थिए । श्रेष्ठले रक्तदान गरेका तीन महिना पुगेमा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिंदै आएका छन् । उनले संख्या धेरै पु¥याउने भन्दा पनि दिएको रगत काम लागोस् भनेर रक्तदान दिने गरेका छन् । उनको यस पटक बैशाख ९ गते तीन पुगेर रगत दिन चाहे पनि २२ गते मात्र रक्तदान गरेका हुन् ।

खासगरी ताजा रगत चाहिएका विरामीका लागि उनी रगत दिन चाहने भएकोले तीन महिना १३ मा उनले रक्तदान गरेका हुन् । चालिस पटकसम्म प्राय रक्तदान कार्यक्रममा रगत दिदैं आएका उनले त्यसपछि भनेको जुनसुकै बेला ताजा रगतका आफू रक्तदान थालेको उनले बताए ।
अब उनलाई अझै पाँच वर्ष रक्तदान गर्न सकिन्छ भन्ने लागेको छ । यस आधारमा उनको एक सय बीस पटक पुग्ने सम्भावन छ । विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको एक सय नौ पटकको कीर्तिमान छ । तर ठाकुरले अहिले वृद्धावस्थाका कारुण दिन छाडेका छन् । विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् ।

यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १७८ पटक रक्तदान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्