विराटनगरमा यस्तो रह्यो फिल्म ‘मनसरा’ को प्रिमियर (तस्बिरहरू)

विराटनगरमा यस्तो रह्यो फिल्म ‘मनसरा’ को प्रिमियर (तस्बिरहरू)

विराटनगर । कवि एवम् लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र मनसरा विराटनगरमा प्रिमियर गरिएको छ ।

बिहीबार विराटनगरस्थित भाटभाटेनीमा रहको क्युएफएक्समा गरिएको प्रिमियरमा चलचित्र निर्माणको टिमसहित लेखक, कवि, उद्योगी व्यवसायीहरुको सहभागीता रहको थियो ।

फिल्म 'जारी'पछिको उत्कृष्ट कथा रहको भन्दै प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । मिश्रित समाजलाई समेट्न खोजिएको यो चलचित्रले समाज बुझ्न थप प्रेरणा मिलेको समते प्रतिक्रिया दिएका छन् ।

यता, कवि सिमा आभासले चलचित्रको स्क्रिप्ट शसक्त रहेको प्रतिक्रिया दिइन् । उनले चलचित्र लेखकलाई सुझाव समेत दिएकी छिन् । मुटु रोगी भएको बालकको कथालाई थोरै ‘भेरिफाइ’ नगरेको जस्तो महसुस भएको उनले बताइन् । ‘नेपाली लेखकहरुको तथ्य भेरिफाइ नगर्ने चलन छ, मुटु रोगीको उपचार नेपालमा निशुल्क हुन्छ, तर यसमा उपचारको लागि भनेर पैसा दिएको छ,‘ उनले भनिन्, यो कथा बस्तु अहिलेको भएकाले यसलाई भेरीफाइ गर्नु जरुरी छ।’

चलचित्र मनसरामा दयाहाङ राई, मिरूना मगर, प्रविण खतिवडा, मेनुका प्रधान लगायत कलाकारहरूको अभिनय रहेको छ । भने, छायांकारसमेत रहेका शैलेन्द्र ध्वज कार्की फिल्मका निर्माता हुन्। झुामा लिम्बूको संगीतमा रहेको यो चलचित्र मिश्रित समाजको कथालाई समेटिएको छ ।

यो फिल्म शुक्रबार देशैभरको हलमा प्रदर्शनीमा आएको छ ।

स्बिर : सुशील साह/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्