विराटनगरमा जोगबनीबाट भित्रन्छ नार्कोटिक आईटम, बिक्रीमा मनपरी भएपछि उज्वलका सञ्चालक डिडिए बोलाइए

विराटनगरमा जोगबनीबाट भित्रन्छ नार्कोटिक आईटम, बिक्रीमा मनपरी भएपछि उज्वलका सञ्चालक डिडिए बोलाइए

विराटनगर । विराटनगरमा भातरबाट अवैध चोरी पैठारी भएका नार्कोटिक आइटम मेडिसिनको मनपरी बिक्री वितरण हुने गरेको छ । भारतबाट अवैध रुपमा भित्रिएका मेडिसिन मेडिकल पसलले जुक्ति लगाएर बिक्री गर्ने गर्दछन् । गलत प्रयोग हुने यस्ता औषधी भारतबाट सोझै मेडिकलसम्म पुग्ने गरेका हुन् । मेडिकलमा पुगेपछि फरक औषधीको कार्टुनमा राखेर खुसुखुसु बिक्री हुने गरेको हो ।

विराटनगरको हस्पिटल चौकस्थित उज्वल फार्मेसीमा शुक्रबार औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको टोलिले अनुगमन गर्दा समेत नार्कोटिक आईटमको कैफियतयुक्त कारोबार भएको पाएको थियो । अरुणकुमार ठाकुर सञ्चालक रहेको फार्मेसीमा औषधी व्यवस्था कार्यालयको टोलिले अनुगमनका क्रममा नार्कोटिक आइटम बिक्री हुने गरेको भएपनि रेकर्ड भेटिएन ।

औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका प्रमुख निकेश श्रेष्ठले फार्मेसीमा अनुगमन गर्दा कारोबार कैफियत फेला परेपछि सञ्चालकलाई बोलाइएको जानकारी दिएका छन् । ‘खरिद खाता र मौज्दात विवरणमा मेल खाएन’ प्रमुख श्रेष्ठले भने–कैफियत देखिएपछि कार्यालयमा बोलाएका छौं, अनुसन्धान भईरहेको छ । बिक्रीको डिटेल नराखी मनपरी औषधी बिक्री हुने गरेको भन्दै उज्वल फार्मेसी विरुद्ध उजुरी समेत परेको थियो ।

उज्वलमा अशोक अग्रवाल भन्ने व्यक्तिले दैनिक औषधीको अर्डर लिने गरेका छन् । उनले अर्डर लिएर जोगबनीबाट अवैध रुपमा भित्र्याएको औषधी त्यहाँ पु¥याउने गरेका हुन् । उज्वलले यसरी भित्रिएको औषधी बिना रेकर्ड नै बिक्री गर्दै आएको छ । जुन नार्कोटिक आईटम धेरै हुन्छन् । नार्कोटिक आईटम–कोडेफ, कोडोफोक्स, कोडो ट्याब, प्रिगास्टार ७५ एमजी, ओपिडोल, स्पास्मोल, ट्रपेन्टाडोल र अट्रासेट मेडिसिन अग्रवाललको भित्र्याउने गरेका हुन् । जुन औषधीको सहि प्रयोग हुँदा औषधीको र गलत प्रयोग हुँदा लागुऔषधको रुपमा खपत हुने गरेको छ ।
फार्मेसीमा कारोबार हुने मेडिसिन अनिवार्य विभागको स्वीकृति अनुसारको मात्रै हुनुपर्दछ । नेपाली वा विदेशी मेडिसिन बिक्रीका लागि विभागले स्वीकृति नदिएको औषधी तथा फुड सप्लीमेन्टका कुनैपनि आईटम बिक्री गर्न पाइदैन । नार्कोटिक आईटम बिक्री गर्दा चिकित्सकको सिफारिस अनिवार्य आवश्यक पर्दछ । औषधी बिक्रीसँगै त्यसको अभिलेख अनिवार्य राख्नुपर्ने हुन्छ । त्यसमा चिकित्सकको नेपाल मेडिकल काउन्सिल नम्बर पनि समावेश हुनुपर्दछ ।

उज्वल फार्मेसीका सञ्चालक अरुणकुमार ठाकुरले डिडिएले अनुगमन गर्दा केहि औषधी ¥याकमा नभई कार्टुनमा भेटिएको बताए । उनले शनिबार मौज्दात रेकर्ड मेन्टेन गरेर आइतबारदेखि बिक्री हुने गरेको बताए । ठाकुरले डिडिएले अनुगमन गर्दा कार्टनमा रहेको भनिएका मेडिसिन मिलाउनै बाँकी रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्