राष्ट्रिय आविष्कार केन्द्रले बनायो प्लास्टिक प्रशोधन गर्ने मेसिन

राष्ट्रिय आविष्कार केन्द्रले बनायो प्लास्टिक प्रशोधन गर्ने मेसिन

इन्दु साह
विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले खेर गईरहेको प्लास्टिकलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकिने मेसिन तयार गरेको छ । प्लास्टिकका फोहोरहरुलाई पेलेर धुलो बनाउने र त्यो धुलोलाई पगालेर बिभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेशिन तयार निर्माण गरिएको हो ।

खेर गईरहेको प्लास्टिकलाई प्रशोधन गर्नसक्ने मेशिन अहिले बजारमा समेत उपलब्ध रेहको छ । बढ्दो प्लास्टिकजन्य फोहोरलाई कम गर्न प्रशोधन र पुनःप्रयोगमा ल्याउन जरुरी छ । त्यसका लागि प्लास्टिकको सहज प्रशोधन जरुरी थियो । प्लास्टिकक फोहोरलाई टुक्राउने र त्यस पछि मेशिनको अर्को प्रक्रियाले पगालिन्छ । त्यस पश्चात काठको फर्निचर जस्तै विभिन्न आकारको टेबल, कुर्सी,खाट लगाएत विभिन्न प्रकारका सामाग्री उत्पादन गर्न सकिने छ ।

अनुसनकर्ता सशीकीरण थापाका अनुसार बजारमा यो मेसिनको माग बढिरहेको छ । आविष्कार केन्द्रले स्थानीय तहसँग फोहोर संकलन गर्ने समन्वय गरेको छ । अहिलेसम्म आविष्कार केन्द्रले प्रक्रियामा रहेको सहित गरी ७ वटा मेसिन बनाएको छ । माग अनुसार मेशिनको परिमाण बढाउदै जाने उनको भनाई छ । मेशिनको मुल्य उत्पादन क्षमता अनुसार तिन लाख ५० हजार देखि लिएर ४ लाख सम्म रहेको छ । सामान्यतया घण्टाको ३० किल्लो ग्राम देखि लिएर २ सय किल्लो ग्रामसम्म फोहोरलाई प्रशोधन गर्नसकिने छ ।

यो मेसिन पहिलो पटक २०७९ सालमा बनाईएको थियो । प्लास्टिकका फोहोरजन्य बस्तुलाई प्रशोधन गरी प्रयोगमा ल्याउँदा वातावरण समेत सफा हुन्छ। राष्ट्रिय आविष्कार केन्द्रले एक पछि अर्को उपलब्धि गरिरहेको छ । यस्ता सामाग्रीले देशका युवा लगायत हरेक उमेर समुहकालाई स्वरोजगार बनाउन मद्दत गर्दछ । राष्ट्रिय आविष्कार केन्द्रका अधिकारीका अनुसार काठमाण्डौ माहानगरपलिकासंग समन्वय गर्न पहल गरेको तर महानगरको तर्फबाट कुनै प्रतिक्रिया नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्