विराटनगरका माछा–मासु : अनुगमनमा भेटिन्छ कुहिएको मासु

विराटनगरका माछा–मासु : अनुगमनमा भेटिन्छ कुहिएको मासु

विराटनगर । गर्मीमा विराटनगर माछा–मासु पसल आसपास दुर्गन्ध हुन्छ । माछा–मासु पसल सञ्चालनका लागि मापदण्ड अनुसारको व्यवस्थापन कमजोर हुँदा अस्थ्यकर मासु उपभोक्ताको भान्सासम्म पुग्न सक्ने संभावना छ । अनुगमनका क्रममा देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको मासु भेटिएको थियो । टोलीले १० किलो खसीको मासु नष्ट समेत गरेको छ ।

विराटनगर महानगरपालिकाले माछा–मासु पसलको अनुगमन सुरु गरेको जानकारी दिइएको छ । महानगरपालिकाले तीन क्षेत्र विभाजन गरेर माछा–मासु पसलको अनुगमन सुरु गरेको हो । उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा सञ्चालित माछा–मासु पसलको अवस्था, मासुमा सुद्धता र स्वस्थ्यकर स्थिति अनुगमनमा हेर्ने गरिएको छ ।

अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिएका छन् । शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरिएको छ ।
टोलीमा यादवसहित डा. सरहना सुवेदी, गणेश पौडेल, नगर प्रहरी निरीक्षक राजन पौडेललगायतको सहभागिता रहेको छ ।

माछा मासु पसलमा कमीकमजोरी भेटिए पहिलोपटकलाई सचेत गराएर छाड्ने यादवले बताए । फेरि पनि कमजोरी भेटिए कारबाही गर्ने उनको दावी छ । महानगरले चालु आर्थिक वर्षको हालसम्म ४२ वटा माछा मासु पसलको अनुगमन गरिसकेको छ । गत आर्थिक वर्ष महानगरले ८५ वटा पसलको अनुगमन गरेको थियो । महानगर क्षेत्रभित्र करिब २ सय माछा मासु पसल सञ्चालनमा रहेका छन् । ती मध्ये करिब ३५ प्रतिशत अझै दर्ता प्रक्रियामा नआएको शाखा प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार व्यापक रुपमा अनुगमन गरेर दर्ता नभएका पसललाई दर्ता प्रक्रियामा ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner