विराटनगरमा तेली कल्याणको दुई दिने कानुन सम्बन्धी तालिम

विराटनगरमा तेली कल्याणको दुई दिने  कानुन सम्बन्धी  तालिम

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्य समितिले २ दिने “नेतृत्व विकास तथा वर्तमान कानुन सम्बन्धी आधारभुत प्रशिक्षक÷प्रशिक्षण तालिम“ सम्पन्न गरेको छ ।

विराटनगरको होटल मनास्लु ईनमा बैसाख २१ र २२ गते २ दिने तालिम सम्पन्न भएको हो । तालिममा ३७ जना सहभागी रहेका थिए । जिल्ला कार्यसमितिले १ महिना अगाडि नै समाजका गाउँ÷नगर तथा महानगरका वडा र उपसमितिका अध्यक्ष र १ जना महिला पदाधिकारीलाई सहभागीका लागि अपिल गरेका अनुसार नै विभिन्न समितिमा रहेर काम गरिरहेका पदाधिकारीहरु सहभागी रहेको सहसंयोजक सिद्धार्थ साहले बताए ।

तालिममा अधिवक्ता सञ्जु कुमारी साहले वर्तमान कानुन समबन्धि आधारभुत जानकारी गराएका थिए । साथै पत्रकार धिरज दाहालले उदघोषण कला र कुशल वक्ताले जान्नैपर्ने तथ्यहरुबारे सहजिकरण गरेका थिए । सुचनाको अधिकारका अभियान्ता राजु श्रेष्ठले सुचनाका अधिकार सम्बन्धि सहजिकरण गरेका थिए ।

दोस्रो दिन धनपाल पालिकाका स्वास्थ संयोजक ऋषिराज सेठले नेपाल सरकारले दिने स्वास्थ्य सेवाबारे, सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जिल्ला प्रसासन कार्यालयले दिने सेवा सम्बन्धि सहजिकरण गरेका थिए । कार्यक्रममा समाजका जिल्ला अध्यक्ष डा. बालकृष्ण साहले तेली जातको उत्पत्ति, यसका ईतिहास, नेपालमा तेलीको जनसंख्या तथा तेली कल्याण समाज नेपालको पुर्ण ईतिहासबारे सहजिकरण गरेका थिए ।

दोस्रो दिन औपचारिक समापन कार्यक्रमको सञ्चालन सहभागीहरु मध्ये पुष्प साहले गरेका थिए । तालिम निकै प्रभावकारी भएको र आ–आफ्ना गाउँ÷नगरमा यो तालिम आयोजना गर्ने प्रतिबद्धता गर्दै आयोजक, प्रशिक्षकलाई सहभागीहरुले धन्यवाद ज्ञापन गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहको प्रमुख आथित्वमा भएको समापनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्