मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर सलकपुर बाल सेवा आश्रम,विराट चाेककाे ५२ औं वार्षिक महोत्सव अन्तर्गत मद्तारतम् सागर वाणी श्री १०८ पारायण प्रवचन ध्यान चितवनी भजन कीर्तन कार्यक्रम शुरु भएको छ ।
कार्यक्रम श्री कृष्ण प्रणामी संरक्षण सेवा समिति माेरङ तथा श्री कृष्ण प्रणामी बाइजुराज महिला समितिकाे आयाेजनामा भएको हाे । श्री कृष्ण प्रणामी मन्दिरकाे परिक्रमा गरी कलशयात्राबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो । उत्त धार्मिक समारोहकाे उदघाटन इटहरी मुक्तिधामका श्री १०८ कृष्णदास महाराजले गरेका थिए ।
कार्यक्रम वैशाख २८ गते शुक्रबार अक्षयतृतीयाका दिन सम्म सञ्चालन हुने उल्लेख गरिएको छ । यस कार्यक्रमबाट आध्यात्मिक जागरण एवम् धार्मिक लाभ लिन सम्बन्धित सम्पुर्णमा स-परिवारको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको आयाेजक समिति सचिव विन्दु भट्टराई आचार्यले जानकारी दिइन् ।
कार्यक्रममा मनोज मधुकर महाराजजीबाट आशीर्वचन
तथा रञ्जनराज महाराजजीबाट वाणी चर्चा हुने श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य तुलसीकुमार शर्मा भट्टराईले जानकारी दिए । कार्यक्रममा प्रवचन, बिहान पारायण, पूर्णवती, १०८ आरती, प्रसाद वितरण, भोजन लगायत हुने मन्दिर संरक्षण सेवा समितिका सल्लाहकार रामप्रसाद गजुरेलले बताए ।
कार्यक्रम उदघाटन समारोहकाे अवसरमा श्री कृष्ण प्रणामी मन्दिरका अध्यक्ष कृष्णप्रसाद शर्मा वास्ताेला ,संस्थाका सचिव युवराज पौडेल,कार्यक्रम संयाेजक गंगादेवी वास्ताेला , वाइजुराज इकाइ समिति अध्यक्ष भिमकुमारी ढकाल लगायतकाे सहभागिता रहेको थियाे ।