विराटनगरको बगैँचमा पहिलो पटक ‘पुर्ण राई र दाजु भाई’को साँगीतिक साँझ

<span class='c1'>विराटनगरको बगैँचमा पहिलो पटक ‘पुर्ण राई</span> <span class='c2'>र दाजु भाई’को साँगीतिक साँझ</span>

विराटनगर । अहिलेको युवामा निकै नै चर्चित रहेको ‘पुर्ण राई र दाजु भाई’ को व्याण्डले विराटनगरमा पहिलो पटक साँगीतिक कार्यक्रम गर्ने भएको छ ।

नेपाली नयाँ वर्षको माहोलको मध्यनजर गर्दै यहि बैशाख २९ गते शनिबारका दिन गायक पुर्ण राई र दाजु भाईले साँगीतिक कार्यक्रम गर्ने भएको हो ।

विराटनगरको स्थानीय भाईरल ईभेन्ट र मन्जिना मुभिज क्रियशनको संयोजनमा विराटनगर ८ स्थित हाटखोलामा रहेको ‘फन एन्ड फुड रिसोर्ट’को (बगैँचा)मा ‘टुबोर्ग म्युजिकल नाईट’ हुने भएको हो । विराटनगरका युवा व्यवसायी भुपाल राईले संचालन गर्दै आएको ‘फन एन्ड फुड रिसोर्ट’को नाम परिवर्तित गर्दै अहिले ‘बगैँचा’ नाम दिएको छ ।

अबको ५ दिनपछि हुन लागेको ‘टुबोर्ग म्युजिकल नाईट’ मा सहभागी हुनको लागि आयोजकले टिकट खरिदको लागि खुल्ला गरिसकेको छ । कार्यक्रमको टिकट मुल्य २ सय रुपैयाँ रहेको छ । तर आयोजकले टिकट खरिद गर्ने पहिलो चरणका दर्शकहरुलाई विशेष अफर समेत दिएको छ । आगामी शुक्रबार सम्म खरिद गर्नेलाई ५ सयमा ३ जनालाई कार्यक्रममा प्रवेश गर्न मिल्ने व्यवस्था रहेको आयोजकले जनाएको छ । शुक्रबार पछि भने ५ सय रुपैयाँमा एउटा टिकटको साथमा क्यान वियर उपलब्ध रहेको जनाइएको छ ।

पुर्ण राई दाजु भाइको साथमा विराटनगरका युवा गायक सुभम न्यौपाने र डिजे सेसनको पनि प्रस्तुती रहेको मन्जिना मुभिज क्रियशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । पुर्ण राई दाजु भाइले गाएको ‘नभेटेको भए ठिकै हुन्थ्यो भेटिहाल्यो, अब छुट्नै पर्यो जिन्दगीको खेल’ भन्ने बोलको गीत निकै चर्चित रहेको छ । यस कार्यक्रमको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्