अपांगता अधिकारका लागि अनशनप्रति आयोगको ध्यानाकर्षण

<span class='c1'>अपांगता अधिकारका लागि</span> <span class='c2'>अनशनप्रति आयोगको ध्यानाकर्षण</span>

काठमाडौं । अपांगता भएका व्यक्तिहरुका लागि कानुनमा उल्लिखित सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै विगत ७ दिनदेखि जारी अनशनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।

अनशनमा दीपक भण्डारीलगायतका व्यक्तिहरु एक सातादेखि छन् । आयोगले अनशनरतहरुको स्वास्थ्य अवस्थाको अनुगमन पनि गरेको छ ।
उनीहरु अपांगता भएका व्यक्तिहरुलाई सामुदायिक सहायता सेवा, व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने लगायतका विषयमा गत चैत १४ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग भएका सम्झौताहरुको कार्यान्वयन हुनुपर्ने माग राखी वैशाख १८ गतेदेखि काठमाडौंको शान्तिवाटिकामा अनशन भइरहेको हो ।

स्पाइनल कर्ड इन्जुरी भएका एक जना अनशनकारीले पिसाब थैली लगाएको र शारीरिक अवस्था पहिलेदेखि नै कमजोर रहेको हुँदा अनशनमा रहेका व्यक्तिको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको आयोगका सहसचिव प्रवक्ता डा.टीकाराम पोखरेलले बताएका छन् । तीनै तहका सरकारले समन्वय गरी अपांगता भएका व्यक्तिहरु र नेपाल सरकारबीच यसअघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन एवम् आमरण अनशनमा बसेका दीपक भण्डारीलगायतका व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्