गर्मी मौसम : बालबालिका र ज्येष्ठ नागरिकले कस्ता खानेकुरामा दिनुपर्छ ध्यान

गर्मी मौसम : बालबालिका र ज्येष्ठ नागरिकले कस्ता खानेकुरामा दिनुपर्छ ध्यान

इन्दु साह
विराटनगर । गर्मी मौसम लागेसँगै विभिन्न स्वास्थ्य समस्याले मानिसलाई सताई रहेको हुन्छ । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिको स्वस्थ्यमा गर्मीले असर पदर्छ । गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जसो खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । कोशी अस्पतालमा कार्यरत पोषणविद् (डाइटिएन) जेनिसा दाहालका अनुसार शरीरको तापक्रम सन्तुलन गर्न दैनिक जसो खाने आहारको महत्वपुण भूमिका हुन्छ । गर्मी बढ्दो हुँदा शरीरमा तापक्रप उच्च हुन्छ । यसले बालबालिका र र जेष्ठ नागरिकको शरीर गलाउने, थाकेको महसुस हुने, केहि खानमननलाग्ने जस्ता विभिन्न समस्य हुन्छ ।

कस्तो खानेकुरा खाने ?
सर्व प्रथम यो समयमा शरीरमा पानिको मात्रा बढाउन आवश्यक हुन्छ । शरीरमा पानीको कमि हुँदा विभिन्न रोगब्याधले सताउने गर्दछ । बालबालिका र ज्येष्ठ नागरिकलाई गर्मी याममा धेरै मात्रामा पानी पिउन दिनुपर्दछ । यदि पानीको सट्टा सर्वत मनपराउँछन् भने सर्वत, मोहि, पुदिना पानी, जलजिरा लगायतका पेय पदार्थ घरमै बनाई दिन सकिन्छ । अझ यस्तो समयमा सातु दिए एकदमै राम्रो हुन्छ । बालबालिका र ज्येष्ठ नागरिकले सातुको सेवन गरे यसले स्वास्थ्यमा विषेश फाईदा गर्दछ । सातु सेवन गर्दा हल्का कालो नुन र कागतीको रस मिसाउँदा यसले अझ फाईदा हुन्छ । गर्मीयाममा पाईने फलफुल खाँदा यसले शरीरलाई स्वस्थ राख्न मद्दत गदर्छ । काक्राँ, खरबुजा, मेवा लगायतका फलफुलको सेवनले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्दछ । यस्ता मौसमी फलफुलमा पोषक तत्व बढी हुनुको साथै यसले शरीरमा पानीको मात्रा सन्तुलन बनाउने डाईटिएन दाहालको भनाई छ । गाँजर, हरियो साग पातमा हल्का कालो नुन समेत मिसाई सल्लाद बनाएर खानामा अथवा अन्य समयमा खाँदा यसले खाना पचाउन मद्दत गदर्छ । यस्तो किसिमको सलादको सेवनले शरीरको उच्च तापक्रम कम गर्न मद्दत गर्दछ । दैनिक खानामा सामान्य खाना खाँदा फाईदाजनक हुन्छ । एक समय दाल, भात, तरकारी खाए अर्को समय सुख्खा रोटी र तरकारी खाँदा राम्रो हुने सुझाव छ ।

गर्मीयाममा कस्तो खाना खानुहुदैन ?
बढि मरमसला प्रयोग भएको खानाले शरीरको तापक्रम अझ बढ्न जान्छ । त्यसैले खानामा नुन, पिरो, चिल्लो, मसलाहरुको कम प्रयोग गर्नु पर्दछ । साथै यस्तो मसालेदार खाना खाँदा पटक पटक प्यासलाग्ने र शरीरमा पानीको मात्रा कम गराउने गर्दछ । गर्मी बढेसंगै सबैको घरका फ्रिजमा कोक, फेन्टा, स्प्राईट लगायत विभिन्न फलफुलका बजारमा प्याकेटमा पाईने जुस राखिन्छ । यस्तो बजारमा पाईने पेय पदार्थ पिउँदा जति स्वादिलो भए पनि स्वाथ्यको लागि धेरै हानिकारक हुन्छ । यस्तो पेय पदार्थले बालबालिका र वृद्दको स्वास्थ्यमा नकारात्मक असर गर्दछ । साथै शरीरमा झन पानीको मात्रा कम गराउँछ । यी पेय पदार्थमा चिनिको मात्रा अत्याधिक बढि हुन्छ। ।यसले ज्यष्ठ नागरिकमा सुगर लेवल बढाउन सक्छ । यस्ता पेय पदार्थको सट्टा दहि, मोहि, जलजिरा, लगायतका सर्वत घरैमा बनाई सेवन गर्दा उपयुक्त हुन्छ । बालबालिका र बृद्धालाई घरमै फलफुलको जुस बनाएर सेवन गराउन सुझाव छ ।

खाना खाँदा एकै पटक धेरै मात्रामा खाँदा पचाउन समस्या हुन्छ । खाना खाँदा ठिक्क मात्रामा खानु पर्दछ । खाना खाँदा ३ देखि चार घण्टाको फरक राख्ने र यो समयको बीचमा हल्का खानेकुरा जस्तै सातु, फलफुल, सल्लाद लगायत अन्य खानेकुरा खान सकिन्छ डाइटियन दाहालको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्