‘मिसन ८४ सुरु भइसक्यो, एमाले निर्णायक शक्ति बन्छ’

<span class='c1'>‘मिसन ८४ सुरु भइसक्यो,</span> <span class='c2'>एमाले निर्णायक शक्ति बन्छ’</span>

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमाले निणर्यक शक्ति बन्ने दाबी गरेका छन् । उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘दुई वटा उपनिवार्चन एमालेले जित्यो । मिसन ८४ तर्फको सफलताको सुरुआत हो । मिसन ८४ सफल पारेर छाड्छौं ।’राष्ट्रिय शक्तिको रुपमा रहेको एमाले २०८४ पछि निर्णायक शक्ति बन्ने दाबी उनले गरे । बहुमतविना नै मन्त्री बन्ने प्रवृत्ति हाबी भएको भन्दै उनले त्यसप्रति टिप्पणी पनि गरे ।

देशमा पुराना दलले गरेको त्यागको अवमूल्यन गर्न खोज्नेहरु आएको भन्दै उनले थपे, ‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि छानिन्छन् । हाहाहुँहुँ भएकै भरमा मन्त्री बन्छन् । बहुमत कसैको छैन, यसलाई मिलाउन कि त्यसलाई गर्दा को मन्त्री को पर्छ को पर्दैन ।’ कुनै दल र नेताको नाम नलिइ थोरै सांसद जिते पनि सरकारका प्रभावशाली भागवण्डा खोज्ने प्रवृत्तिमाथि उनले कटाक्ष गरे ।

‘अहिले त फेरि एउटा ट्रेन्ड, एउटा प्रवृत्ति चलेको छ पुरानो त्यागको अवमूल्यन मात्रै होइन त्यसलाई अपमान गर्ने, मन्दिर भत्काउने । त्याग बलिदानहरुको अपमान गर्न खोज्ने, योगदानको नकार्न खोज्ने । त्यसको के योगदान थियो परिवर्तनमा भन्ने कुरा बिर्सन खोज्ने त्यो प्रवृत्ति देखिएको छ,’उनले भने, ‘आन्दोलनमा,देशमा विभिन्न प्रवृत्तिहरु प्रकट भइरहन्छन्, समय समयमा बेला बेला बिभिन्न प्रवृत्ति प्रकट हुन्छ हाम्रोमा पनि भएको छ ।’ अध्यक्ष ओलीले कुनै पनि प्रकृतिका राजनीतिक प्रवृत्तिहरुबाट प्रभावित नभइ एमाले आफ्नो उद्देश्यतर्फ सक्रियतापूर्वक अगाडि बढ्ने बताए ।

उनले भने ‘हामी विभिन्न खालका आवधिक हावाहुरी देखाउने खालमा असन्तुष्टिले जनाउने प्रवृत्तिहरु यस्ताबाट प्रभावित नभइकन आफ्नो मार्ग, उद्देश्यतर्फ र गन्तव्यतर्फ दृढताका साथ सक्रियतापूर्वक अगाडि बढ्छौं । हाम्रो शैली र बाटो त्यो हो । त्यसको लागि हावाहुरीले सृजना गरेका अस्थायी विभिन्न झट्काहरु वा आवधिक अस्थायी प्रवृत्तिहरु जो जिम्मेवार छैन, जो एकलकाँटे छ, त्यस्ता प्रवृत्तिहरुलाई चिन्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्