निर्देशक नवीन भन्छन् ‘गाउँ आएको बाटो बुबाप्रति समर्पित छ’

<span class='c1'>निर्देशक नवीन भन्छन् ‘गाउँ आएको</span> <span class='c2'>बाटो बुबाप्रति समर्पित छ’</span>

काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । आगामी जेठ २५ गतेबाट नेपालमा रिलिज हुने फिल्मको टिजरमा प्रमुख कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई फिचर्ड छन् ।

टिजरमा बाबुको भूमिकामा देखिएका दयाहाङले छोरा प्रसनलाई नुन लिन धरान जाने बाटो देखाएका छन् । दयाहाङले छोरा प्रसनलाई सुन्तलाको ढाकर बोकेर बयखु खोला हुँदै नौ डाँडा काटी दुई दिनमा धरान पुग्ने गरेको बताएको देखाइएको छ । टिजरमा गाउँमा बस आउँदा गाउँले स्वागत गर्न बसेको र केटाकेटीहरु खुशीले बसतिर दौडिएको देखाइएको छ । गाउँमा बाटो र बस पुग्दाको खुशीलाई टिजरमा देखाइएको छ ।

फिल्मका निर्देशक नवीन सुब्बाले फिल्म सरल शैलीमा बनाएको बताए । उनका अनुसार किराँत राई समुदायको पृष्ठभूमिमा बनेको फिल्मले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई मिहिन ढंगले हेर्ने कोसिस गरिएको छ । ‘गाउँ आएको बाटो बुबाप्रति समर्पित छ । बुवासँग म लामो समय बस्न पाइनँ । बुबा नहुनु भएपछि मात्रै हामीलाई हुर्काउन, बढाउन, पढाउन उहाँले कति संघर्ष गर्नुभयो होला भन्ने मनन भयो । त्यही पृष्ठभूमिलाई गाउँ आएको बाटोमा देखाएको छु,’उनले भने ।

फिल्मका नायक दयाहाङ राईले गाउँमा बाटो आएपछि त्यसले के ल्यायो र के लिएर गयो भन्ने कथा फिल्ममा रहेको खुलाए । ‘ग्रामीण परिवेशमा बस्ने आम मानिसको भोगाइ फिल्ममा छ,’उनले भने । निर्माता अमोद राईले फिल्मले राई समुदायको कथा बोल्ने बताए । ‘यसमा सामुदायिक लगानी छ । जुन समुदायमा रहेर हामीले फिल्म बनायौं, त्यही समुदायका मानिसलाई फिल्ममा शेयर होल्डरका रुपमा लगानीकर्ता बनाएका छौं,’अमोदले खुलाए ।
फिल्मका लेखक महेश राईले गाउँमा बाटो आएपछि मान्छेको चाहनामा भएको बढोत्तरी र त्यसको पूर्ति गर्न उसले गर्ने संघर्ष फिल्ममा देखाइने बताए ।
महेश र नवीनको संयुक्त लेखन रहेको फिल्ममा केशव राई, प्रेम सुब्बा र राज थापाको पनि अभिनय छ । मञ्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता रहेको फिल्ममा जोस हेरमको छायाँंकन, क्वान पुन लुङको सम्पादन, हाइडी लीको संगीत छ ।

यो फिल्म ‘टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल’, ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल’, ‘गोटेबोर्ग फिल्म फेस्टिभल’, ‘मोस्ट्रा इन्टरनेसनल दी सिनेमा साउलो पाउलो इन्टरनेसनल फिल्म फेस्टिभल’, ‘जियो मिआमी मुम्बई इन्टरनेसनल फिल्म फेस्टिभल’ र ‘बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभल’मा प्रिमियर भइसकेको छ ।

निर्देशक सुब्बाले यसअघि ‘खाङरी’, ‘नुमाफुङ’, ‘दलान’, ‘गुडबाई काठमाडौं’ र ‘सिंहदरबार’ निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्