झापामा करेन्ट लागेर एक नाबालकको मृ*त्यु

<span class='c1'>झापामा करेन्ट लागेर</span> <span class='c2'>एक नाबालकको मृ*त्यु</span>

झापा । झापाको शिवसताक्षीमा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाको नाबालक छोरा सोमबार दिउँसो खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्याईएकोमा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए।

आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर साँझ अस्पतालबाट शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्