इलाममा लागुऔषध ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

<span class='c1'>इलाममा लागुऔषध ब्राउन सुगर र</span> <span class='c2'>गाँजासहित दुई जना पक्राउ</span>

इलाम । इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ वर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नम्बरको अटोसहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै प्रहरी चौकी तिनघरे इलामबाट खटिएको प्रहरी टोलीले सुर्योदय-११ स्थितबाट लागुऔषध गाँजा ४ के.जी. ६०० ग्रामसहित स्थानीय ३१ वर्षीय देबेन्द्र राईलाई पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्