मोरङ व्यापार संघ अध्यक्षमा अनुपम राठी

मोरङ व्यापार संघ अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ व्यापार संघको ३४ औं कार्यकारिणी अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । सोमबार कार्यसमिति सदस्यमा निर्वाचितमध्येबाट राठी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । संघको विधान÷ नियमावली अनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचनबाट वाणिज्य क्षेत्र तर्फ अनिल कुमार साह, संजय कुमार श्रेष्ठ, शुशिल सुराना, विवेक अग्रवाल, मनिष कुमार मारु, अनिल सारडा, राजेश कुमार अग्रवाल र दिपेश सुवेदी निर्विरोध निर्वाचित भएका छन् भने उद्योग क्षेत्रतर्फ देवाशिष गोल्छा, विनित सिंघानिया, अमित कुमार शारदा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी, बिकास कुमार बेगवानी निर्विरोध निर्वाचित भएका छन् ।

नवगठित संघको ३४औँ कार्यसमितिको बैठकले पदाधिकारीहरुको समेत चयन गरेको थियो । संघको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदीलाई चयन गरेको छ । बैठकमा संघको नियम बमोजिम सम्वद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरु तर्फबाट कृष्ण प्रसाद रिजाल र अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको नियम बमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।

त्यसका साथै, ३४ औँ कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरेको छ । संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुती शर्मालाई मनोनयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्