विराटनगर । विराटनगर–३ निवासी ५२ वर्षीय शंकर भट्टराईको परीक्षणका क्रममा फोक्सोमा क्यान्सरमा भएको पुष्टि भयो । भट्टराई क्यान्सर रोगको उपचार गर्ने क्रममा काठामाडौंदेखि भारतसम्मका अस्पताल पुगे। उनी धेरै अस्पताल पुगेपनि भनेजस्तो उपचार नपाउँदा निराश भएर विराटनगर फर्किए । आफ्नै घर नजिकको नोबेल अस्पतालमा क्यान्सर रोग विरुद्धको उपचार गराउन थाले ।
क्यान्सर रोग विशेषज्ञको टिमसहित विगत डेढ वर्षदेखि क्यान्सर रोग सम्बन्धि उपचार सुरु गरेको अस्पतालमा उनलाई आराम भयो । परीक्षणकै क्रममा चिकित्सकहरुले भट्टराईको उपचार गर्दै आएका थिए । उनको उपचारमा सफलता प्राप्त गरेसँगै अस्पतालमा आगामी महिनादेखि क्यान्सर रोगको उपचार पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।
बुबाको उपचार नोबेलमा गराएपछि आराम भएको छोरा खगेन्द्र भट्टराईले बताएका छन् । उनले चिकित्सकहरुले रातदिन समय दिएर बुबालाई आराम भएको बताए ।
फोक्सोमा क्यान्सरको संक्रमण फैलिएको र केमोथेरापीको माध्यमबाट सफलतापूर्वक रोग निको पारिएको क्यान्सर रोग विशेषज्ञ डा. समिम
अख्तरले जानकारी दिएका छन् । विगत ९ महिनादेखि केमोथेरापी विधिबाट उपचार गर्दै आएका भट्टराईको फोक्सोको क्यान्सर निको भएपछि अब सबै किमिसका क्यान्सर रोगीको उपचार नोबेलमा सुरु गरिने भएको हो । विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालमा अहिले दैनिक ६ देखि ७ जना क्यान्सर रोगीहरुको उपचार हुँदै आएको छ । बिरामीको उपचारमा सफलता प्राप्त गरेसँगै अब देशका अन्य अस्पताल वा भारत जानुपर्ने बाध्यता अन्त्य भएको दावी गरिएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै नोबेल शिक्षण अस्पतालको दाबी छ।
सर्जरी, किमोथेरापी र रेडियोथेरापी,हर्मोनल थेरापी क्यान्सर रोगको उपचारको प्रविधिहरु हुन् । कुन कहिले कसरी गर्ने भन्ने कुरा बिरामी रोगमा भर पर्ने चिकित्सकहरु बताउँछन् । क्यान्सर एउटै ठाँउ र अंगमा मात्र छ भने त्यहीँ मात्र उपचार गरे पुग्छ । त्यसका लागि शल्यक्रिया वा रेडियोथेरापी गरिन्छ । यदि अन्य ठाँउमा र अंगमा फैलिएको अवस्थाको क्यान्सर भए शल्यक्रिया, रेडियोथेरापी साथै किमोथेरापी र हर्मोन थेरापी गर्न जरुरी हुन्छ । तर केही अवस्थामा यि सबै उपचार प्रविधी सँगसँगै प्रयोगमा आउने डा. समिम बताउ छन्।
क्यान्सर रोगसँग सम्बन्धित सम्पुर्ण परामर्श लिनको लागि नोबेल अस्पतालको अन्कोलोजी विभागमा आएर बुझ्न डा. समिमले आग्रह गरे।