विराटनगर । विराटनगरका गायक विजय घिमिरे (भिजे) र जे अथरको नयाँ गीत ‘किच किच’ सार्वजनिक भएको छ ।
आर.एन.बी. शैलीको उक्त गीतलाई भिजे, जे अथर र युबेन ब्लाकले संयुक्त रुपमा लेखेका छन् भने गीतको बिट जे अथरले बनाएका हुन् ।
युकेमा बसेर संगीत सिर्जना गरिरहेको (भीजे) र साथीहरुले उतै गीतको म्युजिक भिडियो बनाएका छन् । केहि फरक शैलीको गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोतालाई मनपर्ने गायकको विश्वास छ । गीतको भिडियोलाई भीजे म्युजिक नामक युटुबबाट सार्बजनिक गरिएको छ।
विराटनगर निवासी गायक (भिजे)ले यसअघि बेहुली, आइ लव यु, तिम्रो मेरो माया लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
भिडीयो हेर्नुहोस् :