आठ महिनादेखि नतिजा पर्खेर बसेका छन् पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी

<span class='c1'>आठ महिनादेखि नतिजा पर्खेर बसेका</span> <span class='c2'>छन् पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको गत बैशाख १४ गते बाह्रौं दीक्षान्त समारोह सम्पन्न भयो । विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने ७ हजार ८५६ विद्यार्थीका लागि कार्यक्रम राखिएको थियो । विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ ६३४, स्नाकोत्तरतर्फ ५२ जना, इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ ८९२, स्नातकोत्तरतर्फ १०८ जना र चिकित्साशास्त्र सङ्काय स्नातकतर्फ दुई हजार ४६३, स्नातकोत्तर तहमा १५ जना गरी जम्मा दुई हजार ४७८ जना थिए ।

समारोहस्थलमा पुगेर दुई हजार ९०० विद्यार्थी दिक्षीत भएका थिए । सन् २०१८ को ब्याचमा भर्ना भएका विद्यार्थीहरुको दीक्षान्त समारोह आयोजना हुँदा त्यहि ब्याचमा भर्ना भएका विद्यार्थीहरुको पढाई अझै सकिएको छैन । सन् २०१८ को ब्याचमा बीबीएमा भर्ना भएका विद्यार्थीको पढाई अझै नसकिएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । पहिलो सेमेस्टरमा सन् २०१८ सालमा भर्ना भएका एक विद्यार्थीको बीबीए सातौं सेमेस्टरमा एउटा विषय बिग्रियो ।

त्यसको परीक्षा गत असोजमा भएको थियो । असोजमा भएको परीक्षाको नतिजा भने अझैं प्रकाशन गरिएको छैन । सबै सेमेस्टर क्लियर रहेपनि सातौं सेमेस्टरमा पुगेपछि विषय लाग्यो, सन् २०१८ का ब्याचीहरु दीक्षान्त समारोहमा सहभागी हुने अवसर पाउँदा नतिजाकै कारणले त्यहि ब्याचमा पढाई थालेकाहरुको अवसरका ढोका बन्द भएको उनी गुनासो गर्दछन् । कोरोनापछि पढाई र परीक्षा दुवै प्रभावित भएपनि सहज अवस्थामा फर्किसक्दा समेत आठ महिनासम्म नतिजा नआउनुको पीडा परीक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीले भोग्नु परेको हो ।
पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रणको कार्यालयका परीक्षा नियन्त्रक बलेन्दु हमालले भने नतिजा अब जेठको तेस्रो हप्तासम्ममा आउने बताए । उनका अनुसार जोर र बिजोर अंकका आधारमा हुने परीक्षाहरु कोरोनापछि ओभरल्याप भएका छन् । जस्तै पहिलो, तेस्रो, पाँचौं र सातौं, दोस्रो, चौथों, छैटौं र आठौं सेमेस्टरको परीक्षा एकसाथ हुने गरेको थियो । कोरोनापछि पढाई र परीक्षा प्रभावित हुँदा पहिलो
सेमेस्टरको मात्रै परीक्षा आगामी जेठको पहिलो सातादेखि हुनेगरि तालिका सार्वजानिक भएको छ ।

असोजमा भएको परीक्षाको नतिजा दशैं, तिहार र छैठसम्म विश्वविद्यालय बन्द हुनु, दीक्षान्त समारोहका लागि तयारीमा जाुटनुपर्ने अवस्था आउनु, कोरोनादेखि अल्झिएको समस्या अझै हल भईनसक्नुले भएको कन्ट्रोलर हमालको बुझाई छ । ‘हामीले सेड्युललाई मेन्टेन गर्ने प्रयास गरिरहेका छौं’ उनले भने–अहिलेसम्मको अड्चन सकिएपछि तालिका अनुसार परीक्षा र नतिजा सार्वजानिक गर्नेमा प्रतिवद्ध भएर लागेका छौं ।

विश्वविद्यालयहरुमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिहरु नियुक्ति गर्ने प्रचलन सुरु गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयमा समेत भर्खरै नयाँ उपकुलपतिमा डा.बिजुकुमार थपलिया नियुक्त भएका छन् । पछिल्लो समय पूर्वाञ्चल विश्वविद्यालयमा डा.यादवराज कोइराला उपकुलपतिको पूर्ण कार्यकाल सकाएर नयाँ उपकुलपति नियुक्त भएको हो । पूर्वाञ्चल विशवविद्यालयमा पहिलेको जस्तो विवादका श्रृंखला कम हुँदै गएकोले आगामी दिन सुधार हुनेमा कतिपयले आसा समेत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्