विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते विराट वाङ्मय उत्सव हुने भएको छ ।

गुरुकुलको आयोजनामा हाटखोलास्थित परिसरमा विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्धाहरुमा छलफल गरेर उत्सव मनाउन लागिएको हो ।

वैशाख २८ गते विराटनगर महानगरपालिकाका प्रमुखले उद्घाटन गरेर शुरु हुने कार्यक्रममा कवितामाथि बनाइएका चित्र प्रदर्शनी र कविता वाचनको कार्यक्रम राखिएको छ । त्यस्तै कता रुमलियो विराट विरासत, नेपाली भाषाको बहाव, मञ्चमा ‘म’, भोली बास्ने कवि सम्झनामा कृष्णभूषण बल, नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरु लगायत शिर्षकमा छलफल गरिनेछ । यस्तै दोस्रो दिन मातृभाषी कविता वाचनसँगै राजनीति र साहित्य साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण परिकल्पना र प्रस्तुति, पात्र र लैङ्गिकता लगायत विषयमा छलफल हुनेछ । सोही दिन समकालिन रचना वाचन र गजल वाचन गर्दै कार्यक्रम समापन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

उत्सवमा मुकुन्द प्रयास, विवश पोखरेल, देवान किराती, हाङ्युग अज्ञात, जसराज किराती, सीमा आभास लगायतको सहभागीता रहनेछ । कोशी प्रदेशका १४ वटै जिल्लाका कवि तथा साहित्यकारहरुको सहभागीता र रचना वाचनसँगै अन्य साहित्यिक-सामाजिक विषयमा छलफल गरि गर्न लागिएको कार्यक्रम विराटनगरमा पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्