प्रदेशसभा अधिवेशन बोलाउन मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखलाई पुनः पत्राचार

प्रदेशसभा अधिवेशन बोलाउन मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखलाई पुनः पत्राचार

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई पुनः पत्र पठाएका छन् । यसअघि गत २६ चैतको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको पाँचौं अधिवेशन आगामी ११ जेठमा बोलाउने निर्णय गरी पत्र पठाएकामा हालसम्म नबोलाइएको भन्दै बुधबार पुनः अर्को पत्र पठाएका हुन् ।

कोशी मन्त्रिपरिषद बैठक बुधबार बसेर ११ जेठमा अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रिबजेट छलफल लगायत महत्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउने मन्त्रिपरिषदको निर्णय भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई पत्र पठाएका हुन् । मुख्यमन्त्रीको पत्र लिएर मन्त्रीहरु शमशेर राई, कमल जबेगु, प्रदीप सुनुवारलगायत मन्त्रीहरु प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्