विराटनगरको कान्तिपुर इन्स्टिट्यूटले सिम्याटको अभिमुखीकरण कार्यक्रम गर्ने

<span class='c1'>विराटनगरको कान्तिपुर इन्स्टिट्यूटले सिम्याटको</span> <span class='c2'>अभिमुखीकरण कार्यक्रम गर्ने</span>

विराटनगर । विराटनगरको बरगाछी चोकस्थित इन्स्टिट्यूटले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सिम्याट कक्षाको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

वैशाख २९ गते बिहान ८ बजेदेखि सिम्याट कक्षाको अभिमुखीकरण कार्यक्रम गर्ने कान्तिपुर इन्स्टिट्यूटले जनाएको छ।

विराटनगरमा प्रवेश परीक्षाको क्षेत्रमा छुटै पहिचान बनाउन सफल कान्तिपुर इन्टिच्युटले कक्षा १२ को परीक्षा सकेर त्रिभुवन विश्व विद्यालयको बि.बि.ए/ बि.आई.एम/बि.बि.एम/बि.एच.एम/बि.पि.ए लगायतका सेमेस्टर अनुसारका स्नातक तहको अध्ययनको लागि अनिवार्य पास गर्ने पर्ने सिम्याट (सेन्ट्रल म्यानेजमेन्ट एडमिसन टेस्ट) को नि:शुल्क अभिमुखीकरण कक्षा संचालन गर्न लागेको हो।

सिम्याटको तयारी कक्षा जेठ ३ गते संचालन हुने इन्टिच्युटले जनाएको छ। विगत ५ वर्षदेखी सिम्याटको तयारी गराउदै आएको कान्तिपुर इन्टिच्युटले पहिलो वर्ष नै सिम्याट टपरसहित २३ जना को नाम निकाल्न सफल भएको कान्तिपुर इन्स्टिट्यूटका संचालक गुणानन्द महतोले बताए।

दोस्रो वर्ष २६ जनासहित टप १० मा ४ जना ,तेस्रो वर्ष टप १० मा ५ जनासहित २९ जना र चौथो वर्ष टप १० मा ५ जनासहित जम्मा ३४ जनाको नाम निकाल्न सफल भएको इन्स्टिट्यूटले जनाएको छ।

उक्त इन्टिच्युटमा अध्ययन गरेका १० जना भन्दा बढी विद्यार्थीहरुले देशकै प्रतिष्ठित कलेजहरुमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । इन्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुको उत्कृष्ट नतिजा आउनुको कारण कक्षाकोठामा थोरै विद्यार्थी राखेर हरेक विषयका अनुभवी शिक्षकद्वारा राम्रो हेरचाहका साथ चाहिएको बेलामा प्रेरणा, मार्ग दर्शन हौसला दिदै विद्यार्थीहरुलाई अध्ययापन गराउदा उत्कृष्ट नतिजा ल्याउन सफल भएको इन्स्टिट्यूटको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्