सुनसरीको बर्जुस्थित हसनपुरबाट एक क्विन्टल गाँजा बरामद

<span class='c1'>सुनसरीको बर्जुस्थित हसनपुरबाट एक</span> <span class='c2'>क्विन्टल गाँजा बरामद</span>

विराटनगर । सुनसरीबाट सशस्त्र प्रहरी बलले एक क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मङ्गलबार राती सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको तीन बोरा गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा तीन वटा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको जानकारी दिएका हुन् ।

बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्