कोशीमा प्रदेश प्रमुखलाई पत्र लेखालेख, अभ्यास हेरेर निर्णय लिने जवाफ

कोशीमा प्रदेश प्रमुखलाई पत्र लेखालेख, अभ्यास हेरेर निर्णय लिने जवाफ

विराटनगर । कोशीमा प्रदेश प्रमुखलाई सरकार र एमाले–माओवादी पज्ञ लेखालेखमा जुटेका छन् । बुधबार बजेट अधिवेशन बोलाउन आग्रह गर्दै सरकारले पत्र बुझाएपछि एमाले–माओवादीले पनि सरकार आह्वानको लागि आग्रह गर्दै पत्र बुझाएका हुन् ।

नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका कुन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गर्दै प्रदेश प्रमुखले सरकार गठन आह्वान गर्नुपर्ने माग गरिएको हो ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्र बुझाएका छन् । गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वतः पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठन आह्वान गर्न माग गरेका छन् ।

पत्रमा २०८१ वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत स्वतः पदमुक्त भइसक्नु भएको हुँदा नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न भनिएको छ । यस अगाडी बुधबार नै कार्की नेतृत्वको सरकारले बजेट अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएको थियो ।

एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेपछि प्रदेश प्रमुख खापुङले संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्