विराटनगरको जुटमिलमा ‘मिल्स कप टि २०’ क्रिकेट प्रतियोगिता हुने

विराटनगरको जुटमिलमा ‘मिल्स कप टि २०’ क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरको जुटमिलमा तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भोली वैशाख २८ गतेदेखि जेठ ५ गते सम्म उक्त प्रतियोगिता हुने भएको हो ।

मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना गरेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेलमा मैदानमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रतियोगितामा नेपालका दश टिम र भारतको ६ वटा टिमको सहभागि रहेको मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।
क्रिकेट खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताको बिजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगिताको प्लेर अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याट्र र बेस्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ईमर्जिङ्ग प्लेयर हुने खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेलाई २ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिताको प्रथम संस्करणको बिजेता पूर्वाञ्चल एकाडेमी क्रिकेट क्लब र दोस्रो संस्करणकोे बिजेता भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो ।
यस पटकको प्रतियोगितामा सिरहा क्रिकेट क्लब, झापाको बोष्र्टन, विराटनगरको पाँच वटा क्लब रहेको छ । जसमा एन.बी.एस. सि, विराट क्रिकेट क्लब, होराइजन क्रिकेट क्लब, यशराज क्रिकेट क्लब र आयोजक मिल्स क्रिकेट क्लब एकाडेमी रहेको छ । यसैगरी सुनसरी क्रिकेट क्लब, विरगंज युथ एकाडेमी, नेपाल पुलिस क्लब काठमाण्डौ रहेको छ ।

यसैगरी भारतबाट कटिहार क्रिकेट क्लब, दिल्ली क्रिकेट क्लब, हरियाण थन्दर्स, प्रशान्त क्रिकेट, हाई परफरमेन्स एकेडेमी र पुर्णियाको डिलाईट क्रिकेट क्लबको सहभागि रहनेछ । प्रतियोगिताको उद्घाटन दिनको खेल सिराहा क्रिकेट क्लब र भारतको कटियार क्रिकेट क्बलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको संयोजकमा विराटनगर १६ का वडाअध्यक्ष उद्धव भुजेल रहेका छन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष भुजेलले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार पनि लागि पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्