कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

<span class='c1'>कोशीको मुख्यमन्त्रीमा हिक्मत</span> <span class='c2'>कार्की नियुक्त</span>

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । यो कार्यकालमा उनी तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि बिहीबार एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । लगतै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भयो । सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे । सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्