कोशीमा मुख्यमन्त्रीको सपथ नहुँदै सर्वोच्चमा रिट दर्ता

कोशीमा मुख्यमन्त्रीको सपथ नहुँदै सर्वोच्चमा रिट दर्ता

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

उता कार्कीको सर्वोच्चमा रिट दर्ता हुँदा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई सपथ गराउन प्रदेश प्रमुखको कार्यालयले तयारी गरिरहेको छ ।

कार्की मुख्यमन्त्रीका प्रमुख न्यायाधिवक्ता एवं कानुन व्यवसायी रुपेश कोइरालाले पौने ३ बजे रिट दर्ता भएको जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार नै पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्