सेयर बजार बढ्यो, होटल तथा पर्यटनको सेयरमा उछाल

सेयर बजार बढ्यो, होटल तथा पर्यटनको सेयरमा उछाल

काठमाडौं । होटल तथा पर्यटन उपसमूहको सेयरमूल्य बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक बढेको छ । ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ विन्दुमा पुगेको छ । कारोबार रकम पनि बढेको छ ।

होटल तथा पर्यटन उपसमूह ६.९६ प्रतिशतले बढ्दा परिसूचकमा सकारात्मक प्रभाव परेको हो । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूह बढेका छन् । घट्नेमा जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह छन् ।
७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ । ११५ कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ कम्पनीकै घटेको छ । १४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो । बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द हुँदा कारोबार रकम २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो । सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा नेपाल फाइनान्स छ । उक्त फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा सोल्टी होटलको १४ करोड ४७ लाख, फस्र्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख, पोखरा फाइनान्सको ९ करोड ५९ लाख र हिमालयन डिष्टिलरीको ७ करोड ३१ लाखको सेयर कारोबार भएको छ ।

सेयरमूल्य बढ्ने कम्पनीमा होल समूहको वर्चश्व छ । ओरिएन्टल होटल, सिटी, सोल्टी र तारागाउँ रिजेन्सी होटल लिमिटिेडको सेयरमूल्य बढेको छ ।
सेयरमूल्य घट्नेमा सर्वाधिक आज पनि कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन् । सबैको लघुवित्त, वीन नेपाल लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्तलगायतको सेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्