विराटनगर महानगरको निःशुल्क स्वास्थ्य शिविरमा तीन हजार बढीको परीक्षण

<span class='c1'>विराटनगर महानगरको निःशुल्क स्वास्थ्य शिविरमा</span> <span class='c2'>तीन हजार बढीको परीक्षण</span>

इशु पन्त
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार जनाभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा गत फागुन २२ गतेदेखि सुरु भएको शिविरमा हालसम्म तीन हजार २४२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख दिपिल कुमार यादवले जानकारी दिएका हुन् ।

विराटनगर वडा नम्बर १७ बाट सुरु भएको शिविर जेठ ७ गते वडा नम्बर १९ मा गएर समापन हुने विराटनगर महानगरपालिकाले जनाएको छ । सहरी क्षेत्र भन्दाबढी ग्रामीण क्षेत्रमा मानिस स्वास्थ्य जाँच गर्न आएको उनले बताए।

उक्त शिविरमा तीन हजार २ सय ४२ जना सेवाग्राहीले जम्मा छ हजार १३७ वटा उपचार सेवा लिएका छन्। जसमा फिजिसियन सेवा एक हजार ५ सय २९ जना,भिडियो एक्स–रे नौ सय २३ जना, ईसीजी ४६० जना, ल्याब सेवा नौ सय २१ जना, भीआइए (पाठेघरको जाँच) तीन सय ८९ जना,स्त्री रोग तथा प्रस्तुती सेवा चार सय ३१ जना,हाडजोर्नी रोग पाँच सय ८८ जना,छाला तथा यौन रोग दुई सय ९४ जना,मुख तथा दात १७० जना,क्षयरोग स्क्रिनिङ्ग एक सय ३७ जना तथा अन्य सेवा लिएको महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महानगरका मेयर नागेश कोइरालाले बताए।महानगरले स्वास्थ्य शिविरको लागि छुटै समय तालिका नै छुट्याएको छ। महानगरले हालसम्ममा १६ वटा वडामा स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ भने वडा ४,५ र १९ मा बाकी रहेको छ। वडा नम्बर ५ मा वैशाख ३१ गते, वडा ४ मा जेठ ३ गते र जेठ ७ गते वडा १९ मा गएर स्वास्थ्य शिविरको समापन हुने स्वास्थ्यकर्मी रिजु पौडेलले बताईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्