स्रोत नखुलेको ९८ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ

<span class='c1'>स्रोत नखुलेको ९८ लाख रुपैयाँ</span> <span class='c2'>नगदसहित दुई जना पक्राउ</span>

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र सोही स्थान बस्ने २९ वर्षीय मिलन बिक रहेका छन् । काठमाडौं महानगरपालिका–५ मालिगाउँ एरियामा स्रोत नखुलेको रकमको कारोबार भईरहेको सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले निज ब्यक्तिहरुको निगरानी राख्दै जाँदा बा.१३ च. ४८५८ नम्बरको फोर्ड कम्पनीको इसिओ स्पोर्ट गाडीबाट अन्ठानब्बे लाख नेपाली रुपैयाँसहित निजहरुलाई पक्राउ गरिएको ।
मिलन वि.क. यसअघि २०८० अशोज १० गते दोलखामा ११.५ के.जी. अवैध सुनको पैठारी र संगठित अपराधमा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको छ भने सम्पती शुद्धिकरणमा समेत मुद्दा अनुसन्धानमा रहेको खुल्न आएको छ ।

पक्राउ परेका व्यक्तिहरुको मोवाइललगायतका सामाजिक संजालहरुको समेत अध्ययन गर्दा हुण्डी तथा अवैध सुनको समेत कारोवारी विगत दुई वर्षदेखि गर्दै आएको खुल्न आएको छ । उनीहरुको साथमा निजहरुको कारोवारको विवरण उल्लेख गरिएको डायरी थान–१, प्रयोग गर्ने गरेको विभिन्न कम्पनीको मोवाईल थान–३ फोन रेड्मी नोट १०५ थान १ साथै सामसुङ मोबाइल दुई थान बरामद भएको छ ।

पक्राउ परेका व्यक्तीहरुलाई संशोधित मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) हुण्डी सम्बन्धी कारोवार गर्न नहुने कसुरमा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाउने तयारी गरिएको । निजहरुलाई अनुसन्धानको क्रममा सम्पत्ती शुद्धिकरणलगायत कसुरमा थप अनुसन्धान समेत गर्नुपर्ने देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्