धुलो उडाएको भन्दै कोशी अस्पतालबाट माटो बोक्ने सवारीलाई बाटो बन्द

<span class='c1'>धुलो उडाएको भन्दै कोशी अस्पतालबाट</span> <span class='c2'>माटो बोक्ने सवारीलाई बाटो बन्द</span>

इन्दु साह
विराटनगर । कोशी अस्पतालबाट माटो बोकेर जाने सवारीका कारण कालोपत्रे सडक धुलाम्य भएको भन्दै विराटनगर महानगरपालिकाले आफैंले माटो बोक्ने सवारी गुड्न रोक लगाई दिएको छ । महानगरपालिकाको सरसफाई शाखाले अस्पतालको संरचनास्थलमा प्रवेश गरेर माटो ओसार्ने सवारीले प्रयोग गर्दै आएको बाटोमा होमपाइप लगाएर अवरोध सिर्जना गरिदिएको हो ।

विराटनगर महानगरपालिका सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार अस्पतालको माटो बोक्ने सवारीले कालोपत्रे सडक धुलाम्य पारेपछि त्यसको असर स्थानीयलाई परिरहेको छ । स्थानीयलाई असर परेपछि त्यसको दोष विराटनगर महानगरपालिकालाई लगाउने गरिएको छ । दैनिक जसो स्थानीयले विराटनगर महानगरपालिकामा गुनासो गरेपछि माटो बोक्ने सवारीले बैकल्पिक व्यवस्थापन गर्नुपर्ने शर्तमा बाटो नै अवरोध गरिएको हो ।

महानगरपाकिलाले माटो बोकेर निस्कने सवारीको चक्का पानीमा डुबाएर माटोबिहीन भएर निस्कनुपर्ने, सवारीको डालाको आधा मात्रै माटो भर्नुपर्ने, डाला छोपेर मात्रै माटो लिएर जानुपर्ने जस्ता विकल्प दिएको छ । यस अगाडी सरसफाई शाखाका कर्मचारीले सडकको माटो बढाडेर पानी हालेका थिए । तर, पनि सवारीले कालोपत्रे सडकमा माटो झार्न नछोडेपछि बाटो बन्द गरिएको हो ।

सघीय इकाई आयोजना अन्तर्गत कोशी अस्पतालको संरचना निर्माण भईरहेका छन् । भवन निर्माणस्थलको जगको माटो झिकेर राख्ने ठाउँ नभएपछि ठेकेदार कम्पनीलाई सहज माटो व्यवस्थापन गर्न भनिएको छ । ठेकेदार कम्पनीले व्यक्तिगत रुपमा लैजान पनि दिएको छ । यसैगरी त्यहाँको माटो अन्त सार्ने काम समेत गरिरहेको छ । तर, सडकको कालोपत्रेमा माटो खस्दा त्यसको असर भने स्थानीयलाई परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्